जनता टाइम्स

१८ असार २०८२, बुधबार १०:३७

भारी वर्षापछि हिमाचलमा बाढी : ५ जनाको मृत्यु, १०० गाउँमा बिजुली अवरुद्ध


काठमाडौं, १८ असार । भारतको हिमाचल प्रदेशको मण्डीमा भारी वर्षापछि आएको बाढीले पाँच जनाको मृत्यु भएको छ भने १६ जना बेपत्ता भएका छन् । मंगलबार साँझसम्म ५ जनाको शव निकालिएको छ । ११ जनाको खोजी जारी रहेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार मण्डीको कठुनागमा बाढीले धेरै घरहरू बगाएको छ । मण्डीको कारसोग, धर्मपुर, बागशायद, थुनाग, गोहर क्षेत्रका १०० भन्दा बढी गाउँहरू २४ घण्टाभन्दा बढी समयदेखि अन्धकारमा छ । यहाँ आज पनि भारी वर्षाको चेतावनी दिइएको छ ।