जनता टाइम्स

१८ असार २०८२, बुधबार ११:२७

काठमाडौं महानगरद्वारा छात्रवृत्ति परीक्षाका लागि अनलाइन आवेदन खुला


काठमाडौं, १८ असार । काठमाडौं महानगरपालिकाले संस्थागत शिक्षण संस्थामा कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि आवेदन खुला गरेको छ ।

महानगरपालिकाको शिक्षा विभागले बुधबार सूचना जारी गर्दै शैक्षिक सत्र २०८२/०८३ का लागि छात्रवृत्ति प्रवेश परीक्षाको तालिका सार्वजनिक गरेको हो । इच्छुक विद्यार्थीले बुधबारदेखि नै अनलाइन आवेदन फाराम भर्न सक्नेछन् ।

आवेदन दिने अन्तिम मिति असार २७ गतेसम्मको लागि तोकिएको छ ।

छात्रवृत्तिका लागि छनोट परीक्षा आगामी साउन ३ गते बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ ।