जनता टाइम्स

१९ असार २०८२, बिहीबार ०७:४०

खिम्ती खोलामा डुबेर एक जनाको मृत्यु


रामेछाप, १९ असार । रामेछापको गोकुलगंगा गाउँपालिका–३, रस्नालुस्थित खिम्ती खोलामा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको ज्यान गएको छ। मृत्यु हुनेमा गुल्मी जिल्ला घर भई हाल हिमाल पावर हाइड्रोमा कार्यरत अन्दाजी ५० वर्षीय निर्मल बुढाथोकी रहेका छन्।

बुधबार बिहान साथीहरूसँग पौडी खेल्न गएका बुढाथोकी खोलाबाट ननिस्किएपछि बेपत्ता भएका थिए। उनका साथीहरू सुरक्षित रूपमा फर्किए पनि उनी नआएपछि खोजी थालिएको थियो। खोजी गर्ने क्रममा खिम्ती खोलाको दहमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

बुढाथोकी खिम्ती खोलाको नामाडी र बेताली खोलाको संगमस्थलमा बनेको गहिरो दहमा पौडी खेल्ने क्रममा डुबेका थिए। उनी बालुवामा गाडिएर डुबेको हुन सक्ने अनुमान गरिएको छ।

उनको शव मन्थली नगर अस्पतालमा ल्याएर राखिएको छ। पोस्टमार्टमका लागि तयारी भइरहेको प्रहरीले जनाएको छ। मृतकका परिवारले नआएसम्म शव नचलाउन भनेका कारण अस्पतालमै राखिएको जनाइएको छ।