जनता टाइम्स

२२ असार २०८२, आईतवार ०६:४४

भोजपुरमा एकै परिवारका ४ जनाको हत्या


भोजपुर, २२ असार । रामप्रसादराई गाँउपालिक–२ को धोद्लेखानिको बोन्थिताङमा एकै परिवारका चार जनाको हत्या भएको छ।

भोजपुर नगरपालिका–२ हेलौछा घर भएका ज्वाई राजेन्द्र राईले सासु, ससुरा, श्रीमती र सालोको हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी इन्सपेक्टर दीपक श्रेष्ठले जानकारी दिनुयभो। मृत्यु हुनेमा वेलबहादुर गिरी, मनिषा गिरी, मनिषा गिरी र सपन गिरी रहेको उहाँको भनाइ छ।

गम्भीर घाइते राजेन्द्रलाई उपचारका लागि भोजपुर ल्याइदै गरिएको श्रेष्ठको भनाइ छ।