जनता टाइम्स

२४ असार २०८२, मंगलवार ०६:३७

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, दर्जनौँ गाडीहरूसगै केही ड्राइभर, मजदुरलाई पनि बाढीले बगाएको हुनसक्ने


काठमाडौं, २४ असार ।  भीषण वर्षासँगैको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले गएरातिको बाढीले पुल बगाएको पुष्टि गर्नुभएको छ । यससँगै रसुवा हुँदै चीनसम्मको मार्ग बिच्छेद भएको छ । यस्तै भन्सारको यार्ड (ड्राइपोट) मा रहेका १०० देखि १५० वटा गाडीमध्ये अधिकांश बाढीले बगाएको जानकारी आएको समेत उहाँले बताउनुभयो । उहाँले ड्राइपोटमा काम गर्ने केही ड्राइभर, लेबर (मजदुर) लाई पनि बाढीले बगाएको हुनसक्ने भन्दै जानकारी आएको भएपनि हालसम्म पुष्टि भने हुन नसकेको जानकारी दिनुभयो । उहाँले समग्रमा क्षति ठूलो भएको भन्दै घटनास्थलमा पुगेर क्षतिको थप विवरण र सूचना संकलन गर्ने काम भइरहेको बताउनुभयो ।