काठमाडौं, २४ असार । चीनबाट आएको बाढीमा परेर रसुवामा १५ जना बेपत्ता भएका छन् । जिल्लाको टिमुरेमा बाढीमा १५ जना बेपत्ता भएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार चारजना चिनियाँ कामदारसहित १५ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दुईजना प्रहरी पनि छन् । “नौजनाको उद्धार गरिसकेका छौँ,” उहाँले भन्नुभयो, अहिले पनि हामी उद्धारमा छौँ ।
चारजना चिनियाँ, दुई प्रहरीसहित रसुवा बाढीमा १५ जना बेपत्ता

प्रतिक्रिया दिनुहोस्