काठमाडौं, २४ असार। प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्तारूढ गठबन्धनका प्रमुख दुई दलका शीर्ष नेताहरूबिच आज बालुवाटारमा छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, नेकपा मालेका महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णुप्रसाद रिमाल सहभागी हुनुहुन्छ ।
बैठकमा रसुवामा बाढीले पुर्याएकाे क्षति, पछिल्लो राजनीतिक अवस्था, संसद्मा देखिएको गतिरोध, गठबन्धनभित्र देखिएको कार्यगत समन्वयको अवस्था लगायतका विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबिच पछिल्ला दिनहरूमा बढ्दो भेटवार्ता र समन्वय प्रयास सत्तारूढ गठबन्धनभित्रको आन्तरिक शक्ति सन्तुलन र साझा एजेण्डाका विषयमा स्पष्ट सहमति खोज्ने प्रयासको रूपमा हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस्