जनता टाइम्स

३० असार २०८२, सोमबार ०९:४१

स्थापना दिवसमा मानवअधिकार एलाइन्सद्वारा रामेछापमा अन्तरक्रिया तथा वृक्षारोपण


रामेछाप, ‍३० असार । राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवअधिकार एलाइन्स) को २६ औँ स्थापना दिवसका अवसरमा रामेछापमा शुभकामना आदानप्रदान, अन्तरक्रिया तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

मानवअधिकार एलाइन्स रामेछापकाे आयोजनामा कार्यक्रम भएको हो ।  कार्यक्रममा राजनीतिक दलका नेताहरू, जिल्लाका विभिन्न सामाजिक अभियन्ता, मानवअधिकारकर्मी र संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता एलाइन्स रामेछापका अध्यक्ष सुमन बोहराले गर्नुभएको थियो। कार्यक्रममा नेकपा एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरिया, उपाध्यक्ष होतराज ढकाल, सचिव प्रकाशकुमार कार्की, एलाइन्सका केन्द्रीय सदस्य रत्नप्रसाद कँडेललगायतको सहभागिता रहेको थियो।

शुभकामना आदानप्रदानपछि सहभागीहरूबिच मानवअधिकारको वर्तमान चुनौती र सामाजिक न्यायका पक्षमा संस्थाको भूमिका विषयमा अन्तरक्रिया समेत भएको थियो। अन्तरक्रिया पछि मन्थली अस्पताल परिसरमा वृक्षारोपण  गरिएको थियो। कार्यक्रममा सहभागीहरूले विभिन्न फलफूलका बिरुवा रोपी वातावरण संरक्षणप्रति प्रतिबद्धता व्यक्त गरेका थिए।

मानवअधिकार एलाइन्स रामेछापले जिल्लामा विभिन्न रचनात्मक काम गर्दै आएकाे छ ।