काठमाडौं, असार ३१ । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र (ज्ञानबहादुर) शाहीले संसदमा बेहोसी कुरा गरेपछि एमाले सचेतक सुनिता बरालले पानी छम्केर होसमा ल्याउनु परेको छ । मंगलवारको संसद बैठकमा शाहीले होस गुमाएपछि बरालले पानी छम्केर होसमा ल्याउनु परेको हो ।
मंगलवार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै शाहीले बेहोसी अवस्थामा जसरी नै प्रधानमन्त्री केपी ओलीमाथि संघीन आरोप लगाउनु भएको थियो । कुनै तथ्य प्रमाणबिना नै देशको कार्यकारी प्रमुखमाथि आक्षेप लगाएपछि एमाले सचेतक बरालले नियमापत्तिस्हित कडा आपत्ति जनाउनु भयो ।
सो क्रममा बरालले ‘जसलाई जे मनलाग्छ, त्यसरी नै मनपरी आरोप लगाउने थल संसद होइन’ भन्दै शाहीको झाँको झार्नुभयो । शाहीले चर्चामा आउनको लागि प्रधानमन्त्री ओलीमाथि भ्रष्टाचारीको आरोप लगाएपछि एमाले सचेतक बरालले नियमापत्ति गर्नुभएको हो ।
यो संसदमा जे पनि बोल्न पाइने र जस्तो पनि आरोप लगाउन पाइने जुन प्रकृति र जुन अभ्यास बढिरहेको छ । पूर्ववक्ता माननीयले जसरी सरकारको नेतृत्व गरिरहनुभएका प्रधानमन्त्रीको नामै उल्लेख गरेर संगीन आरोप लगाउनुभयो । यो विषयमा हाम्रो दलको गम्भीर ध्याषकर्षण भएको छ सभामुख महोदय । यो विषय रेकर्डबाट हटाइनुपर्छ

बरालले संसदलाई जे पनि बोल्न र जस्तो आरोप पनि लगाउन पाइने थलो बनाउन नहुने बताउनु भयो । शाहीको आरोपको प्रतिवाद गर्दै बरालले भन्नुभयो, ‘यो संसदमा जे पनि बोल्न पाइने र जस्तो पनि आरोप लगाउन पाइने जुन प्रकृति र जुन अभ्यास बढिरहेको छ । पूर्ववक्ता माननीयले जसरी सरकारको नेतृत्व गरिरहनुभएका प्रधानमन्त्रीको नामै उल्लेख गरेर संगीन आरोप लगाउनुभयो । यो विषयमा हाम्रो दलको गम्भीर ध्याषकर्षण भएको छ सभामुख महोदय । यो विषय रेकर्डबाट हटाइनुपर्छ ।’
सरकारको नेतृत्वमाथि गलत आरोप लगाएर देशको नामाकरण नै फरक तरिकाले गर्नुपर्छ भनेर बदनाम गर्न खोजिएको बरालको भनाइ थियो । उहाँले घूस डिल प्रकरणमा नाम मुछिएका सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता दोषी देखिए कारबाही गर्न आफ्नो दल तयार रहेको पनि बताउनु भयो ।
‘केही दिनअघि एक मन्त्रीको नाम जोडेर अडियो सार्वजनिक भएको थियो । यो कारबाहीको विषय होला । हामी पनि गल्ती गर्नेलाई कारबाही गर्नुपर्छ भन्ने मान्यता राख्छौं । जब सिंगो सरकारको नेतृत्वमाथि आरोप लगाएर देशकै बदनाम गर्न खोजिएको छ । देशको नामाकरण नै फरक तरिकाले गर्ने भनेर जुन खालको अभ्यास र जुन मनोविज्ञान स्थापित गर्न खोजिँदैछ, यो विषय गलत छ । यो सदन यस्ता खालका गलत प्रवृत्ति र मानकहरु स्थापित गर्नका लागि होइन ।’
नेपाल सगरमाथाको देश, भगवन गौतम बुद्धको देश, अब भ्रष्टाचारीहरुको पनि देश हो भनेर तपाईंहरु गिनिज बुकमा नाम लेखाउनुस । यो सरकार जनता र देशको हितमा काम गरेको भए आज रेकर्ड भयो गिनिज बुकमा नाम लेखाउनुस,’ शाहीले भन्नुभएको थियो, ‘ज्ञान नपाए काँसी जानु, न्याय नपाए गोर्खा जानु, भ्रष्टाचााचर गर्न नपाए केपी ओलीको क्याबिनेटमा आउनु ।

बरालभन्दा अघि बोलेका शाहीले भ्रष्टाचारमा वर्तमान सरकारले जिनिज बुकमा नाम लेखाउने काम गरेको आरोप लगाउनु भएको थियो । ‘नेपाल सगरमाथाको देश, भगवन गौतम बुद्धको देश, अब भ्रष्टाचारीहरुको पनि देश हो भनेर तपाईंहरु गिनिज बुकमा नाम लेखाउनुस । यो सरकार जनता र देशको हितमा काम गरेको भए आज रेकर्ड भयो गिनिज बुकमा नाम लेखाउनुस,’ शाहीले भन्नुभएको थियो, ‘ज्ञान नपाए काँसी जानु, न्याय नपाए गोर्खा जानु, भ्रष्टाचााचर गर्न नपाए केपी ओलीको क्याबिनेटमा आउनु ।’ शाहीको यो आपेक्ष बेहोसीको प्रमाणका रुपमा आएको सुनिताको निश्कर्ष थियो ।













प्रतिक्रिया दिनुहोस्