काठमाडौं, साउन २ । सत्तारुढ नेकपा एमालेको पोलिटब्युरो बैठक सुरू भएको छ । एमाले केन्द्रीय कार्यालय च्यासलमा आजबाट पोलिटब्यूरो बैठक सुरु भएको हो ।
बैठकको मुल एजेण्डा बिहीबार सचिवालय बैठकले पारित गरेको विधान संशोधन प्रस्ताव रहेको छ । बिहीबार मध्यराती सकिएको सचिवालय बैठकले १५ सदस्यीय पदाधिकारी र २ सय ५१ सदस्यीय केन्द्रीय कमिटी रहने प्रस्ताव पारित गरेको छ ।
पारित प्रस्तावमा हाल कायम रहेको वरिष्ठ उपाध्यक्ष र स्थायी कमिटी निर्वाचित गर्ने ब्यवस्था हटाएर एक जना अध्यक्ष, महासचिव र उपमहासचिव रहने र पाँच उपाध्यक्ष, सात सचिव रहने उल्लेख छ । पोलिटब्यूरो बैठकमा पनि सोही प्रस्ताव गरिएको छ ।
परिमार्जित विधान मस्यौदाको प्रस्ताव पोलिटब्युरोमा ल्याउन पार्टी उपाध्यक्ष एवं विधान संशोधन समितिका संयोजक विष्णुप्रसाद पौडेललाई जिम्मा दिइएको थियो । यो प्रस्तावअनुसार ९९ सय सदस्यीय पोलिटब्यूरोको आकार पनि घटेर अब ८३ सदस्यीय कायम हुनेछ ।
एमालेले यसअघि ९ सदस्यीय पदाधिकारी र १ सय ५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने योजना बनाएको थियो । सोही योजना लागू गर्न जनसंगठनमा पदाधिकारी र केन्द्रीय कमिटीको आधार घटाउने निर्देशन लागू गरिएको थियो । तर पार्टीमा भने आकांक्षी ब्यवस्थापन गर्न नसकिने भन्दै बढाएर १५ पुर्याइएको हो ।















प्रतिक्रिया दिनुहोस्