जनता टाइम्स

२ श्रावण २०८२, शुक्रबार २१:१६

राप्रपा उपाध्यक्ष मुकुन्दश्याम गिरी पदमुक्त


काठमाडौं, २ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीका उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई पदमुक्त गरेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले गिरीलाई उपाध्यक्षसहित केन्द्रीय सदस्यको जिम्मेवारीबाट हटाउने निर्णय गर्नु भएकाे हाे ।

गिरीको पदमुक्तिसँगै पछिल्लो समय राप्रपाभित्र देखा परेको नेतृत्वको आन्तरिक व्यवस्थापन प्रक्रिया थप चर्किएको देखिएको छ। गिरीलाई  अध्यक्ष लिङ्देनले विशेष अधिकार प्रयोग गरी उहाँलाई हटाउनु भएकाे हाे ।

यसअघि पनि लिङ्देनले असार २५ गते अनुशासन समितिका अध्यक्ष नवराज सुवेदी र प्रवक्ता सगुनसुन्दर लावतीलाई पदमुक्त  गर्नु भएकाे थियाे । गिरी र लिङ्देनबीच केही समयदेखि संगठनात्मक मतभेद रहँदै आएको थियो। यद्यपि, गिरीले सार्वजनिक रूपमा कुनै आपत्ति जनाउनु भएकाे थिएन ।  पार्टीले भने औपचारिक रूपमा गिरीको पदमुक्तिको कारण खुलाएको छैन।