जनता टाइम्स

४ श्रावण २०८२, आईतवार १८:१३

सकियो केपी-विद्या भेटवार्ता, यस्तो छ निश्कर्ष


काठमाडौं, साउन ४ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीचको बहुचर्चित ‘वान टु वान’ भेटवार्ता सकिएको छ ।

भेटघाट सकेपछि एमाले मुख्यालयबाट बाहिरिने क्रममा भण्डारीले संक्षिप्त प्रतिक्रिया दिनुभयो । पत्रकारको घेराउमा पर्नुभएकी पूर्वराष्ट्रपति भण्डारीले बोल्न खोज्दा होहल्ला र हुलहुज्जत भएपछि छोटो प्रतिक्रिया दिएर बाहिरिनु भएको हो ।

सो क्रममा उहाँले प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीसँग राष्ट्रिय राजनीतिको विषयमा मात्रै कुराकानी भएको बताउनु भयो । यद्यपी उहाँले आफ्नो पार्टी सदस्यता नविकरण हुने जानकारी दिनुभयो । पार्टी सदस्यता नवीकरणको विषयमा गरिएको प्रश्नमा पनि उहाँले च्यानलबाटै जानकारी आउने बताउनु भयो ।

आजको भेटमा दुवै नेताबीच दरार पैदा गर्न खोज्नेहरुको प्रयास असफल बनाउने भन्दै साझा निश्कर्षका आधारमा अघि बढ्ने प्रतिवद्धता जनाउनु भएको छ । ‘हामीबीच मतभेद हुँदैन र भविष्यमा पनि जे हुन्छ, त्यो सबै निर्णय सहमतिमा नै हुन्छ, दरार पार्न खोजेर सम्भव छै,’ बैठकमा दुवै नेताको साझा भनाई थियो । आजको छलफलमा ओली र भण्डारीबीच खुलेरै कुराकानी भएको थियो ।

सदस्यता नविकरण नै भएन नि भन्ने प्रश्नमा भण्डारीले भन्नुभयो, ‘त्यो पुरानो कुरा हो । पहिले नै भइसकेको छ । अरु विषय आधिकारिक च्यानलबाट आउँछ ।’ राष्ट्रपतिका रुपमा शीतलनिवास प्रवेश गरेपछि भण्डारी आज पहिलो पटक पार्टी कार्यालयमा जानुभएको हो ।

आजको भेटमा दुवै नेताबीच दरार पैदा गर्न खोज्नेहरुको प्रयाश असफल बनाउने भन्दै साझा निश्कर्षका आधारमा अघि बढने प्रतिवद्धता जनाउनु भएको छ । ‘हामीबीच मतभेद हुँदैन र भविष्यमा पनि जे हुन्छ, त्यो सवै निर्णय सहमतिमा नै हुन्छ, दरार पार्न खोजेर सम्भव छै,’ बैठकमा दुवै नेताको साझा भनाई थियो । आजको छलफलमा ओली र भण्डारीबीच खुलेरै कुराकानी भएको थियो ।

यसअघि श्रद्धाञ्जली अर्पण गर्न एक पटक च्यासल पुग्नुभए पनि भण्डारी एमालेको सदस्इता नविकरण गरेर सक्रिय राजनीतिमा आउने घोषणासहित आज पहिलो पटक पार्टी कार्यालय जानुभएको हो ।