जनता टाइम्स

८ श्रावण २०८२, बिहीबार १९:४५

एमालेमै फर्किए नेकपा एसका चर्चित युवा नेता, स्वागत गर्न तयार भए सबै नेता–कार्यकर्ता फर्कने निश्कर्षमा पुगेको ठोकुवा


काठमाडौं, साउन ८ । नेकपा एकीकृत समाजवादीका नेता स्वयम्भुराज डंगोल आफ्नो मुलघर फर्कनुभएको छ । ललितपुर जनतामाझ स्थापित नेता तथा चर्चित खेलाडी डंगोल बिहीवार आफ्नो पुरानो घर नेकपा एमालेमा फर्कनुभएको हो ।

डंगोललाई एमालेम हासचिव शंकर पोखरेल, एमाले ललितपुरका जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्यसहित ललितपुरका केन्द्रीय नेताहरुले पार्टीमा स्वागत गर्नुभयो । खेलकुद क्षेत्रमा स्थापित डंगोल ललितपुर जिल्लाभर जनताका काममा सदैव अगाडि भन्ने उपमा पाउनु भएको छ । मिजासिला डंगोलको प्रवेससँगै ललितपुरमा नेकपा एकीकृत समाजवादीका अधिकांश युवाहरु पुरानै घर फर्कने अवस्था बनेको छ ।

एमाले प्रवेश गरेपछि डंगोलले बिगतमा नेताहरुको भावनात्मक ब्ल्याकमेलिङको शिकार भएर नेकपा एकीकृततिर गएको भन्दै नेकपा एसमा रहेका सवैजसो नेता कार्यकर्ता एमालेमै फर्कन तयारी अवस्थामा रहेको जानकारी दिनुभयो । डंगोलले नेकपा एसबाट पार लाग्दैन भन्ने तथ्य जान्दाजान्दै पनि एकता भइहाल्छ, सँगै जाउँला भन्दै रोकिराखेको बताउनु भयो ।

‘एकता हुन्छ, हामीले भनेको पद पाइन्छ भनेर रोकिराखेका छन । तर अव चाँहि पदाधिकारीदेखि कार्यकर्ता तहसम्म यो पार्टीमा बसेर भविश्य बर्वाद बनाउन हुन्न, आफ्नो मुलघर एमालेमै फर्कनुपर्छ भन्ने निश्कर्षमा पुगेका छन, मौका पाए माधव कमरेड नै सवैभन्दा पहिला आउनु हुन्छ,’ डंगोलले भन्नुभयो । नेकपा एकीकृत समाजवादीमा एमालेले स्वागत गर्दा नफर्कने कोही पनि नेता कार्यकर्ता नरहेको आफ्नो अनुभूति पनि डंगोलले सुनाउनु भयो ।