भक्तपुर, साउन १० । नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेश अस्वीकार्य भएको फैसला गरिसकेको प्रष्ट पार्नुभएको छ ।
नेपाल प्रेस सोसाइटीले शनिबार भक्तपुरमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै गौतमले पूर्वराष्ट्रपति भण्डारीको एमाले सदस्यता र राजनीतिक पुनः सक्रियता ‘गौण विषय’ भएको बताउनु भयो । ‘उहाँ राष्ट्रपतिको पदमा निर्वाचित भएपछि स्वाभाविक रूपमा पार्टी सदस्यता नवीकरण नगरिएको हो। त्यसैले अहिलेको विवाद केवल प्रचारको विषय हो,’ गौतमले भन्नुभयो ।
उहाँले एमालेको केन्द्रीय कमिटी बैठकले ७० वर्षे उमेर सीमा, कार्यकारी पदमा दुई कार्यकालको सीमा र पूर्वराष्ट्रपतिको सक्रियता निषेध गर्ने गरी तीन विषयमा विधिवत् छलफलपछि निर्णय गरेको पनि जानकारी दिनुभयो। ‘अध्यक्ष ओलीले कसैलाई बोल्न नदिएको भन्ने आरोपहरू निराधार छन, गौतमले भन्नुभयो, ‘बैठक सर्वसहमतिको वातावरणमा सम्पन्न भएको हो ।’













प्रतिक्रिया दिनुहोस्