जनता टाइम्स

१० श्रावण २०८२, शनिबार १०:५९

सप्तरीमा सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर श्रीमान्, श्रीमतीको मृत्यु


सप्तरी, १० साउन । सप्तरीको रुपनी गाउँपालिका–२ पौवाँमा आज सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर एक दम्पतीको ज्यान गएको छ ।

स्थायी ४५ वर्षीय बालेश्वर खंग मण्डल र उनकी श्रीमती ४२ वर्षीय रामकुमारी खंग दुवै जनाको विद्युत्बाट चल्ने सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उदयकुमार राईले जनाकारी दिनुभयो ।

प्रहरी निरीक्षक राईका अनुसार आफ्नै घरमा सिटी रिक्सा चार्ज गर्न खोज्दा पहिला श्रीमान्लाई करेन्ट लागेपछि उनलाई छुटाउन जाँदा श्रीमतीलाई समेत करेन्ट लागेको थियो । उनीहरू दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।