काठमाडौं, ११ साउन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले नेपाली युवाहरूले पनि अनलाइन काम गरेर राम्रो आम्दानी गर्न लागेका बताउनुभएको छ ।
शनिबार काठमाडौंका आयोजित नेकपा एमाले काठमाडौं महानगरपालिका–१५ नं वडा कमिटीद्वारा एसइई सम्मान बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उहाँले काठमाडाैंमा बस्ने धेरै युवाहरूले घरबाटै महिनाको २ लाख भन्दा धेरै कमाउने गरेका दाबी गर्नुभयो । अहिलेका युवाहरूले घरमै बसेर विदेशका विभिन्न कम्पनीबाट काम लिई अनलाइन काम गर्दा देशमा वार्षिक १ खर्ब रुपैयाँ आम्दानी हुने गरेकाे उहाँले बताउनुभयो ।
उहाँले अहिले रोजगारीका नयाँ नयाँ क्षेत्र बढ्दै गएका बताउनुभयो । हिजोको दिनमा जस्तो डाक्टर इन्जिनियर नै बन्नुपर्छ भन्ने नभई अहिले नयाँ नयाँ रोजगारीको क्षेत्र आएकाले कमाइ गर्ने नयाँ बाटो खुलेका उहाँको भनाइ छ । ‘तपाईँ/हामी ले सोचेको भन्दा नयाँ खालको काम गर्नपर्छ, हामी हिजोको जस्तो दिनमा छैनैँ< डाक्टर इन्जिनियर नै बन्न पर्छ भन्ने छैन, नयाँ नयाँ रोजगारीको क्षेत्र आएको छ, त्यसलाई सदुपयोग गर्न पर्छ, अनि पैसा कमाउन सकिन्छ ’, उहाँले भन्नुभयो ।
आमा बुबाले पनि छोरा छोरीको रुचि अनुसार काम गर्न दिनु पर्नेमा उहाँले जोड दिनुभयो । ‘मार्गर्निदेशन दिने हो यही बन्न पर्छ भनेर दबाब दिने होइन’, उहाँले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्