रामेछाप, साउन १२ । मन्थलीमा स्थापना भएको नवजागरण बचत तथा ऋण सहकारी संस्था २७ वर्षको भएको छ ।
सोमबार संस्थाले आफ्नो २७ औँ स्थापना दिवस मनाउँदा बचत निक्षेप ५४ करोड १२ लाख ७७ हजार ७८७ रुपैँया सङ्कलन गरेको छ भने ३५ करोड ३९ लाख ९२ हजार ७३० रुपैँया ऋण लगानी गरेको छ । सहकारीले कुल ४ करोड ३० लाख ३१ हजार ६ ०० रुपैयाँ शेयर पुँजी सङ्कलन गरेको संस्थाका अध्यक्ष सोमेश थापाले जानकारी दिनुभयो ।
हाल संस्थाको कुल संस्थागत पुँजी ७ करोड २२ लाख २२ हजार ३९ रुपैयाँ पुगेको छ। जगेडा कोषमा ६ करोड ९७ लाख ४७ हजार ७० रुपैयाँ रहेको छ । अन्य कोषमा ७९ लाख ८ हजार ८६३ रुपैयाँ रहेको छ ।

सहकारीमा तरलता रकम १ करोड ७६ लाख ४८ हजार ७९३ रुपैयाँ रहेको उहाँले बताउनुभयो । संस्थाको वित्तीय लगानी ३० करोड ६८ लाख ६७ हजार ४८२ रुपैयाँ पुगेको छ। संस्थामा हाल १० हजार २०० जना शेयर सदस्य रहेका छन् भने ६४६ जना ऋणी सदस्य रहेको जनाएको छ।
संस्थाको कुल सम्पत्ति ७१ करोड ९२ लाख ९१ हजार ५०७ रुपैँया पुगेको संस्थाका व्यवस्थापक रमेश उदासले जानकारी दिनुभयो ।
सो सहकारी आर्थिक वर्ष ०८१/०८२ मा २ करोडभन्दा बढी मुनाफा आर्जन गर्न सफल भएको थियो । संस्थाले चालु आवको सम्पूर्ण नाफा ऋण सुरक्षा कोषमा हालेको छ ।
हालसम्म ऋण सुरक्षा कोषमा ४ करोडभन्दा बढी रुपैँया जम्मा भएको छ । जसले गर्दा संस्थाको वित्तीय अवस्था थप सुदृढ र विश्वसनीय बनेको छ।













प्रतिक्रिया दिनुहोस्