काठमाडौं, साउन १४ । केही समययता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच लगातार गोप्य छलफल भइरहेको छ । पार्टी र सार्वजनिक रुपमा पनि संकटमा पर्नुभएका दुवै अध्यक्ष प्रचण्ड र नेपालबीचको छलफल अध्यक्षको तहमा मात्रै सिमित छ । पार्टीमा भन्दा आफै अल्पमतमा पर्ने भएपछि माधवकै आग्रहमा दुई जनामा सिमित राखिएको नेकपा एसका नेताहरुको जिकिर छ ।
अध्यक्ष तहको छलफलमा प्रचण्डले आफूलाई जनार्दन शर्माले निकै सताएको र पार्टीभित्र आफूबिरुद्ध सवैलाई एकजुट बनाउन थालेको भन्दै एकीकृत समाजवादी बिलय गराएर केन्द्रीय समितिमा एकताको नाममा थप्नेर पुनः बहुमत बनाउने प्रस्ताव गर्नुभएको छ । बिशेष अदालतमा भ्रष्टाचारको मुद्धा खेपिरहनुभएका माधव पनि माओवादीमा बिलय गराउन पाए दवावमा अदालतलाई प्रभाव पार्न सकिने निश्कर्षका साथ यो काममा लाग्नुभएको छ ।
चौतर्फी संकट बढेपछि दुई नेताले आफूहरु सुरक्षित हुन एकताको कुराअघि बढाएका हुन । माधवको यो कामले एकीकृत समाजवादीभित्र भने आफै अल्पमतमा पुग्नुभएको छ । नेकपा एसका एक नेताले जनताटाइम्स डटकमलाई बताएअनुसार अधिकांश नेता माओवादीमा जान नसकिने निश्कर्षमा छन । प्रचण्ड जस्तो धुर्त र बेइमानको पछि लागेर राजनीतिक भविश्य बर्वाद हुने नेतादेखि कार्यकर्तासम्मको बुझाइ छ ।
माधव यतिबेला पतञ्जली जग्गा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेकाले र उक्ता मुद्दा विचाराधीन रहेकाले कानुनी र नैतिक प्रश्नको घेरामा हुनुहुन्छ । मलाई फसाउने भए भन्दै अध्यक्षमा कायम रहनुभएका नेपाल अव प्रचण्डको आडमा जोगिन सकिन्छ कि भनेर लाग्नुभएको देखिन्छ ।
नेपालको यो अभियानमा सम्मानित नेता झलनाथ खनालले त खुलेरै आपत्ति जनाउनु भएको छ । उहाँले भ्रष्टाचार मुद्दा लागेकोले पार्टीको नेतृत्वबाट हट्न माधवलाई भनिसक्नु भएको छ । खनालले माओवादीसँग एकता पनि अस्वीकार गर्नुभएको छ । एकीकृत समाजवादीका सम्मानित नेता खनालले माओवादी केन्द्रसँग तत्काल एकताको कुनै सम्भावना नरहेको निश्कर्ष नै सुनाउनु भयो ।
‘हाम्रो पार्टीको माओवादीसँग एकताको कुनै कुरा भएको छैन । चर्चा पनि भएको छैन । यो सबै हल्ला हो । कसैको मनमा एकता गरौं भन्ने पनि हुनसक्छ । त्यस्तो चाहना राख्नेहरू माओवादीमा अहिले नै गइहाले हुन्छ । तर एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्दैन,’ खनालको भनाई छ ।
खनालका अनुसार माओवादी बामपन्थी भएपनि अवसरवादी रहेको भन्दै प्रचण्ड र माधवको षडयन्त्र सफल नहुने पनि प्रष्ट पार्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्