जनता टाइम्स

१४ श्रावण २०८२, बुधबार १८:५०

रेमश चौधरीले पार्टी अध्यक्षबाटै निकाले कान्छीपत्नी रञ्जीता


काठमाडौं, साउन १४ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पत्नी रन्जितालाई पार्टी अध्यक्षबाट हटाउनु भएको छ ।

रेशम पक्षको बैठकले बुधवार साँझ रन्जितालाई हटाउने निर्णय गरेको नाउपाका महासचिव ठाकुरसिंह थारुले जानकारी दिनुभयो । रञ्जीता रेमशकी कान्छी पत्नी हुनुहुन्छ । यो घटनासँगै रेशम चौधरी र रन्जिता चौधरीको राजनीतिक कलह पारिवारिक बेमलमा परिणत हुँदै राजनीतिक रुपमा सम्बन्ध बिच्छेदको चरणमा पुगेको छ ।

नागरिक उन्मुक्ति पार्टीको प्रतिनिधि सभामा ४ सीट छ भने सुदूरपश्चिम र लुम्बिनी प्रदेश सभामा उपस्थिति छ । रेशम र रन्जिताबीचको कलहका कारण पार्टी विभाजनको नजिक पुगेको छ । रन्जिताले यसअघि नै कार्यवाहक तोक्नुभएको थियो ।

श्रेष्ठले आफू निकट भनिएका शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिनुभएको थियो । घुस प्रकरणमा नाम मुछिएपछि श्रेष्ठले नाउपाको अध्यक्षबाट राजीनामा दिनुभएको थिएन ।