काठमाडौं, साउन १५ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पार्टीको नेतृत्वमा परिवर्तन गर्दै लालवीर चौधरीलाई नयाँ अध्यक्ष चयन गरेको छ।
आज भएको पार्टीको राष्ट्रिय भेलाले चौधरीलाई सर्वसम्मत अध्यक्ष बनाउने निर्णय गरेको हो । यसअघि हिजो मात्रै पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई पदबाट हटाएर कारबाही गरिएको थियो।
नेतृत्व, संगठन र नीति–कार्यशैलीबारे गम्भीर असन्तुष्टि जनाउँदै भेलाले श्रेष्ठलाई अध्यक्ष पदबाट मुक्त गरेपछि नयाँ अध्यक्षको चयन गरिएको हो।
सो पार्टीमा पछिल्ला दिनमा नेतृत्व र संगठन सञ्चालनका विषयमा गहिरो विवाद देखिएको थियो। रेसम चौधरी निकट नेताहरूले रञ्जिता नेतृत्वमाथि गम्भीर असन्तुष्टि जनाउँदै आएका थिए। अहिले अध्यक्ष बन्नुभएका लालवीर रेशमका बाबु हुन् भने रञ्जीता पत्नी हुन् ।













प्रतिक्रिया दिनुहोस्