काठमाडौँ, साउन २६ । मदन–आश्रित स्मृति प्रतिष्ठानका नवनिर्वाचित अध्यक्ष तथा नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सोमबार पदको सपथ ग्रहण गर्नुभएको छ।
नेकपा एमाले केन्द्रीय कार्यालय, च्यासलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष र प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीसमक्ष ज्ञवालीले पद तथा गोपनीयताको सपथ लिनुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीका सम्मानित नेताको नाममा स्थापना गरिएका संस्थाहरुले सोही आदर्श र योगदानलाई जोगाउँदै जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले यस्ता संस्थाहरुलाई कसैको व्यक्तिगत वा राजनीतिक स्वार्थका लागि प्रयोग गर्न नहुने स्पष्ट पार्नुभयो।
‘नेताहरुको नाममा बनाइएका प्रतिष्ठानहरुले नेताको आदर्श, त्याग र निष्ठालाई पछ्याउनुपर्छ,’ ओलीले भन्नुभयो, ‘यी संस्था साझा सम्पत्ति हुन्, सबैको सहभागिता र विश्वासले सञ्चालन हुनुपर्छ।’













प्रतिक्रिया दिनुहोस्