काठमाडौं, २८ साउन । झापाको बालुवाटारको जग्गा प्रकरणमा माओवादी नेता गगन पुरीसहित नौ जना दोषी ठहर भएका छन् । विशेष अदालतले उनीहरुलाई दोषी ठहर गर्दैै सजाय सुनाएको हो ।
अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशद्वय मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले सात जना मालपोत र नापीका कर्मचारी तथा दुई जना जग्गाधनीलाई दोषी ठहर गर्दै जरिबाना र कैदको फैसला सुनाएको हो ।
विशेष अदालतले उनीहरुलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को १ को उपदफा ‘ज’ अनुसार मूल प्रतिवादी सरह सजाय हुने फैसला सुनाएको हो । विशेष अदालतले पुरीलाई मुख्य अभियुक्त ठहर गर्दै एक वर्ष कैद र २० लाख ८३ हजार ६ सय ७१ रुपैयाँ जरिबाना ठहर गरेको छ ।














प्रतिक्रिया दिनुहोस्