जनता टाइम्स

२९ श्रावण २०८२, बिहीबार १५:३२

चिकित्सा शिक्षा आयोगको २१औँ बैठक, यस वर्षका लागि सिट निर्धारण र संख्यावृद्धिकाे निर्णय


काठमाडौं, साउन २९ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको चिकित्सा शिक्षा आयोगको २१ औँ बैठकले यस शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका विभिन्न तहमा विद्यार्थी सङ्ख्या (सिट) निर्धारण गर्ने निर्णय गरेको छ।

साथै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) अन्तर्गत पीसीएल तहका कार्यक्रमका सिटमा पनि संख्यावृद्धि गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सम्पन्न बैठकमा आयोगको सिट निर्धारण समितिले पेश गरेको सिफारिस अनुसार निर्णय भएको हो।

गत असार ३२ गते बसेको आयोगको २०औँ बैठकले प्राविधिक तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत चिकित्सा शिक्षा सम्बन्धी प्रमाणपत्र तहका कार्यक्रमहरूको सिट निर्धारण प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो।