काठमाडौं, साउन ३० । ‘एक जुगमा एक दिन’ भन्ने लोकप्रिय गीतको भावलाई प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवहारमा उतार्नुभएको छ । लामो प्रतीक्षा र निर्माण यात्रापछि थानकोट–नागढुंगा सुरुङमार्ग अब सञ्चालनमा आउन लागेको छ । सरकारले यसका लागि सवारी दस्तुर (टोल शुल्क) समेत निर्धारण गरिसकेको छ ।
सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं उपत्यकामा आवागमन गर्ने सवारी साधनले समय र इन्धन दुवै बचत गर्न सक्ने छन् । साथै नागढुंगा खण्डमा देखिने जामको समस्या उल्लेख्य रूपमा घट्ने अपेक्षा गरिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर नै तोकेको छ । बैठकले कार र भ्यानहरू काठमाडौं तर्फ प्रवेश गर्दा ६५ रुपैँया र काठमाडौं उपत्यकाबाट बाहिरिँदा ६० रुपैयाँ दस्तुर तोकेको छ । यस्तै मिनी बस र मिनी ट्रकले काठमाडौैं प्रवेश गर्दा नागढुङ्गा सुरुङमार्ग प्रयोगबापत १ सय १५ रुपैँया र उपत्यकाबाट बाहिरिँदा ८० रुपैयाँ तिर्नुपर्छ ।
बस तथा ट्रक काठमाडौं प्रवेश गर्दा २ सय ६० रुपैँया र बाहिरिँदा २ सय रुपैँया दस्तुर तोकिएको छ । ठूला उपकरण काठमाडौं प्रवेश गर्दा भने ६ सय रुपैँया र बाहिरिँदा २ सय ५० रुपैँया दस्तुर तोकिएको छ । दुई पाङ्ग्रे भने सवारीले भने सुरुङमार्ग प्रयोग गर्न पाउने छैनन् ।













प्रतिक्रिया दिनुहोस्