जनता टाइम्स

३१ श्रावण २०८२, शनिबार १८:३४

समर्थकलाई छल्दै नख्खु कारागार पुर्याइयो रविलाई


काठमाडौं, साउन ३१ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई त्रिभुवन विमानस्थलबाट नख्खु कारागारतर्फ लगिएको छ ।

रबिलाई विमानस्थलस्थित नेपाल आयल निगमको गेटबाट निकालेर सिधै नख्खु लगिएको हो । कारागार व्यवस्थापन विभागले हिजो गरेको निर्णय अनुसार लामिछानेलाई आज रुपन्देही कारागारबाट सिधै नख्खु ल्याइएको हो ।

नख्खु कारागार बाहिर रविका समर्थकहरू बाक्लो संख्यामा उपस्थित भएका थिए । उनीहरूले रविको समर्थनमा नाराबाजी गरेका थिए । रविले समर्थकहरूलाई भ्यानबाटै हात हल्लाए । रबिको स्वागतमा नख्खु कारागारमा पार्टीका सांसद, तथा नेताहरू पनि पुगेका थिए ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारागारमा रहनुभएको छ । रबिले गत जेठमै नख्खु कारागारमा सरुवाका लागि निवेदन दिनुभएको थियो । उहाँले गत जेठ १४ गते रुपन्देही जिल्ला अदालतमा कारागार सरुवाका लागि निवेदन दिनुभएको थियो । अदालतले जेठ १६ गते अनुमति दिएको थियो ।