जनता टाइम्स

५ भाद्र २०८२, बिहीबार ०३:१९

पूर्वमन्त्री र नेतादेखि पत्रकार महिलासम्म नाचगानमा उत्रदा जे देखियो (फोटोफिचर)


काठमाडौं, भदौ ५ । प्रेस चौतारी नेपालले आयोजना गरेको तिज मिलन कार्यक्रममा महिला नेतृदेखि पत्रकारसम्मले भरपुर मनोरञ्जन लिएका छन । प्रेस चौतारी केन्द्रीय महिला बिभागले बुधवार तिज मिलन कार्यक्रम आयोजना गरेको हो ।

बिभाग प्रमुख कृपा भण्डारीको अध्यक्षता, उपप्रमुख रेनु पराजुलीको सञ्चालन तथा नेकपा एमालेकी सचिव एवं पूर्वमन्त्री पद्मा अर्याल प्रमुख अतिथी रहनुभएको कार्यक्रममा प्रमुख अतिथीसहित प्रेस चौतारीका इञ्चार्ज एमाले स्थायी समिति सदस्य राजेन्द्र गौतम, प्रेस चौतारी अध्यक्ष गणेश पाण्डे, नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा र बरिष्ठ पत्रकार बबिता बस्नेतले तिजको बिषयमा आफ्नो छोटोमिठो धारणा राख्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी एमाले सचिव अर्यालले तिजको गीत गाएर उदघाटन गर्नुभएको थियो भने बोल्ने क्रममा पनि क्रान्तिकारी तिज गित प्रस्तुत गर्नुभयो । यस्तै नेपाल खेलकुद महासंघकी उपाध्यक्ष चर्चित खेलाडी नन्दा बस्याल, प्रेस चौतारी उपत्यका अध्यक्ष सीता पौडेल अर्चनालगायतले मनमोहक नृत्य प्रस्तुत गर्नुभएको थियो ।