जनता टाइम्स

११ भाद्र २०८२, बुधबार ०९:३४

रौतहट सुटकेस हत्या काण्ड : आरोपी लक्ष्मण पासवान शरीर जलेको अवस्थामा फेला (भिडियोसहित)


काठमाडाैं, भदाै ११ । रौतहटमा सुटकेसभित्र मृत फेला परेकी रुबि साहको हत्या आरोपमा खोजी भइरहेको लक्ष्मण पासवान शरीर जलेको अवस्थामा फेला परेका छन् ।

पासवानलाई रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुरबाट पश्चिमतर्फको बगैंचा हुँदै बिसुनपुरवा–मानपुरतर्फ जाने बाटोमा स्थानीयले देखेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । उनी घाइते अवस्थामा भेटिएका र तत्कालै उपचारका लागि अस्पताल पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

गत शनिबार गौर बजार जाने भन्दै डेराबाट निस्किएकी २१ वर्षीया रुबि साह मृत अवस्थामा भेटिएकी थिइन् । उहाँको शव सुटकेसभित्र प्याक गरेको अवस्थामा फेला परेको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।