भक्तपुर, कात्तिक २ । आगामी मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचनमा सत्तारुढ नेकपाप्रति जनताको समर्थन दिनदिनै बढदै गइरहेको छ । चुनावी प्रचार अभियानको क्रममा नेकपाले गरेको कामको आधारमा मतदाता नेकपाका उम्मेद्वार जिताउन लागेका हुन ।
यही क्रममा नेपाल मजदूर किसान पार्टीमा विभिन्न तहमा रहेका नेताहरु पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । गत २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा चाँगुनारायण नगरपालिका–८ सुडालमा नेमकिपाबाट वडाध्यक्ष पदको उम्मेदवार रहनुभएका नेमकिपाका नेता गणेशप्रसाद दुलालसहित २० जना नेता, कार्यकर्ता नेकपामा प्रवेश गर्नुभएको हो ।
नेकपाका भक्तपुर अध्यक्ष अध्यक्ष बचन देउजाका अनुसार नेकपाका उम्मेद्वार डिपी ढकाललाई जिताउने अठोटसहित दुलालसहितका नेमकिपाका नेता कार्यकर्ता नेकपामा आउनुभएको हो । नेकपा प्रवेश गरेका सबैलाई भक्तपुर इञ्चार्ज दिलीप प्रजापति, सहइञ्चार्ज सोमप्रसाद मिश्र, पार्टी जिल्ला अध्यक्ष बचन देउजा, नेकपा पार्टी सचिव तथा प्रदेशसभा सदस्य पदका उम्मेदवार डीपी ढकाललगायतले स्वागत गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्