जनता टाइम्स

१९ भाद्र २०८२, बिहीबार १५:४३

महिला उद्यमीका लागि नेपाल इन्भेष्टमेण्ट मेगा बैङ्कको सह्रानीय काम : महासंघका सदस्यहरूलाई विभिन्न सेवामा विशेष छुट


काठमाडौं, भदौ १९ । नेपाल इन्भेष्टमेण्ट मेगा बैङ्क लिमिटेड र महिला उद्यमी महासंघ नेपाल (FWEAN)बिच व्यावसायिक सम्झौता भएको छ ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैङ्क लिमिटेड र महिला उद्यमी महासंघ नेपालबिच नेपालका महिलालाई उद्यम क्षेत्रमा आकर्षित गरी महिला व्यवसाय प्रवर्द्धन गर्न दुईपक्षीय सम्झौता भएको हो । नेपाल इन्भेष्टमेण्ट मेगा बैङ्कका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र महिला उद्यमी महासंघका तर्फबाट अध्यक्ष शोभा ज्ञवालीले हस्ताक्षर गरी सो महिला व्यावसायिक सेवा आरम्भ गरिएको छ ।

यस सम्झौतामार्फत एसोसिएसनका सम्पूर्ण सदस्यहरूलाई महिलाद्वारा सञ्चालित उद्यम र नयाँ उद्यमी बन्न चाहने विभिन्न महिलालाई विशेष बैङ्क तथा वित्तीय सहयोग प्रदान गर्ने सम्झौता गरिएको छ । सोही सम्झौता अनुसार एसोसिएसनका सदस्यहरूलाई लक्षित गरी बैङ्कको २७५ वटा शाखाहरू (https://www.nimb.com.np/personal-banking/branches) मार्फत महिलाद्वारा सञ्चालित उद्यम र नयाँ उद्यमी बन्न चाहने विभिन्न महिलालाई छुट सहितको कर्जा प्रवाहमा विशेष प्राथमिकता, वित्तीय साक्षरताका सेवा दिने जानकारी बैङ्कका प्रमुख कार्यकारी अधिकृत पाण्डेले जानकारी दिनुभयो ।

यो सम्झौताबाट महिला उद्यमी महासंघ नेपाल (FWEAN) का सदस्यहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास बैङ्कको गरेको छ ।