काठमाडौं, भदौ २४ । सरकारले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा प्रहरी अतिरिक्ति महानिरीक्षक (एआइजी) दानबहादुर कार्कीलाई खटाएको छ।
मंगलबारदेखि कार्कीलाई उपत्यका प्रहरी कार्यालयमा प्रमुखको रूपमा खटाइएको हो। एआइजी कार्की कार्यालयमा हाजिर समेत भइसक्नु भएको छ । यसअघि यहाँ प्रमुख रहेका एआइजी टेक तामाङले गत साता अवकाश पाउनु भएको थियो । सोमबार बानेश्वरमा जेनजीको प्रदर्शन हुँदा काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुखविहीन थियो।
डिआइजी ओम रानाले निमित्त प्रमुखको रूपमा जिम्मेवारी सम्हालिरहनु भएको थियो । सरकारले काठमाडौंका प्रमुख एसएसपी बिश्व अधिकारीलाई पनि हटाएर कार्वाहीको तयारी अघि बढाएको छ ।













प्रतिक्रिया दिनुहोस्