भक्तपुर, भदौ २४ । आन्दोलनकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवासमा आगो लगाएका छन ।
भक्तपुरको बालकोटस्थित प्रधानमन्त्री ओलीको निवासमा प्रदर्शनकारीले चर्काे नारावाजीसहित आगजनी गरेका हुन । प्रदर्शनकारीले लगाएको आगो नियन्त्रणमा लिनसमेत अवरोध गरेका छन ।
सोमवार प्रहरीको गोली लागेर १९ जनाको ज्यान जानुका ३ सय ५० जना भन्दा बढी घाइते भएपछि आज आन्दोलनकारीले प्रदर्शनलाई उग्र बनाउँदै नेताहरुको घरघरमा गएर आगो लगाउन थालेका हुन ।














प्रतिक्रिया दिनुहोस्