काठमाडौं, भदौ २९ । आन्दोलनमा जेल तोडेर रवि लामिछाने निकाल्न उक्साउने युटुवर भाग्य न्यौपानेले आफ्नो सामाजिक सञ्जालबाट भिडियो हटाएका छन ।
बिगत लामो समयलेखि रविको कार्यकर्ता बनेर पैसाका लागि जे पनि गर्दै आएका न्यौपानेले भदौ २४ गते नख्खु कारागार तोडेर रवि लामिछाने निकाल्न भन्दै खुलेयाम आह्वान गरेका थिए ।
आन्दोलनमा उक्साउँदै भाग्य न्यौपानेले भनेका थिए, ‘रवि दाईलाई राखेको जेलमा जानुपर्यो साथीहरु, कामै नलाग्ने गृहमन्त्रीले राजीनामा दिएपछि अब रवि दाईलाई निकालेर गृह मन्त्री बनाउनु पर्यो साथीहरु ।’
जेल तोडन, राष्ट्रको सम्पत्ति आगजनी गर्न, लुटपाट मच्चाउन र रबिलाई निकालेर देश जलाउन अपिल गरेका युटुवर भाग्य न्यौपानेले यतिबेला आफ्नो सामाग्री सामाजिक सञ्जालबाट हटाए पनि अपराधकर्मको प्रमाण भने मेटन सक्ने अवस्था नरहेको प्रहरीले बताएको छ ।
भाग्य न्यौपानेसहित रास्वपाका प्रचार हेर्ने एक दजन व्यक्तिहरुको यो हर्कतपछि नख्खु कारागार तोडफोड गरेर रविसहित देशभरका १७ हजार अभियुक्तलाई जेलमुक्त गरिएको थियो । जेलमुक्त भएलगत्तै पेशेवर अपराधीहरुले देशमा लुटपाट मच्चाएका थिए ।













प्रतिक्रिया दिनुहोस्