काठमाडौं, भदौ २९ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले २७ घण्टा चलेको आन्दोलनमा व्यापक जनधनको क्षति भएको बताउँदै घटनाको सत्य तथ्य छानबिन र दोषीमाथि कडा कारबाही गर्ने घोषणा गर्नुभएको छ ।
आइतवार सिंहदरवारमा पदभार ग्रहण गरेपछि प्रधानमन्त्री कार्कीले आन्दोलनकारीदेखि प्रहरीसम्मको मृत्यु भएको तथा सरकारी संरचना र तिनका अभिलेख पूर्णरूपमा नष्ट भएको भन्दै कडा कार्वाही गर्ने प्रष्ट पार्नुभएको हो । ’भौतिक संरचना फेरि निर्माण गर्न सकिन्छ, तर रेकर्ड नष्ट भएपछि हामी शून्य अवस्थामा पुगेका छौं, यस्तो काम नेपालीले गर्न सक्दैन,’ कार्कीले भन्नुभयो ।
उहाँले सुरक्षाकर्मीहरूको मृत्यु भएको, प्रहरीका गाडीहरू नष्ट भएको र अदालतका महत्वपूर्ण फाइलहरू समेत जलेर नष्ट भएको जानकारी दिँदै यसपटकको हिंसात्मक घटना मुलुकका अत्यावश्यक संस्थाहरूमै लक्षित भएर गरिएको पाइएको तथ्य फेलापरेको खुलाउनु भयो । प्रधानमन्त्री कार्कीका अनुसार सुरक्षा निकाय, अदालत, प्रशासनिक भवनहरुमा आजगानी हुँदा महत्वपूर्ण कागजातहरु नष्ट भएको छ । उहाँले यो देखेर आफूलाई लाज लागेको समेत बताउनु भयो ।
देशमा पहिलोचोटि यस्तो घटना भएको हो । अनुहार देखाउन नसक्ने गरी घटना गराइएको छ । प्लान वे (योजनावद्ध रुपमा) भएको षड्यन्त्र जस्तो देखिन्छ,’ प्रधानमन्त्री कार्कीले भन्नुभयो । उहाँले घटनामा संलग्नलाई नेपाली भन्न नसकिने बताउनु भयो । ‘नेपाली नै भएर यस्तो गरेको हो भने तिनलाई कसरी नेपाली भन्न सकिन्छ ?’

उहाँले देशमा पहिलोपटक यस्तो बिध्वंस मच्चाइएको तथ्य पनि खोल्नुभयो । ’देशमा पहिलोचोटि यस्तो घटना भएको हो । अनुहार देखाउन नसक्ने गरी घटना गराइएको छ । प्लान वे (योजनावद्ध रुपमा) भएको षड्यन्त्र जस्तो देखिन्छ,’ प्रधानमन्त्री कार्कीले भन्नुभयो । उहाँले घटनामा संलग्नलाई नेपाली भन्न नसकिने बताउनु भयो । ‘नेपाली नै भएर यस्तो गरेको हो भने तिनलाई कसरी नेपाली भन्न सकिन्छ ?’ प्रधानमन्त्री कार्कीले भन्नुभयो ।
प्रधानमन्त्री कार्कीले आफू सत्ताको रसास्वादनका लागि नभई परिस्थितिवश जिम्मेवारी स्वीकारेको स्पष्ट पार्दै छानबिन, कारबाही र आवश्यक काम पूरा गरी छ महिनापछि जिम्मेवारी हस्तान्तरण गर्ने धारणा पनि राख्नुभयो । ’हामीलाई खोजिएपछि सेवा नगर्ने भनेर भाग्न मिल्दैन भनेर आएको हो, तर यहाँहरूको साथ चाहिन्छ । सुरक्षा निकायको साथविना सम्भव छैन,’ प्रधानमन्त्री कार्कीले भन्नुभयो ।
उहाँले मुलुकका नागरिकलाई पनि पुनर्निर्माण र उद्धारका प्रयासमा सहयोग गर्न आग्रह पनि गर्नुभयो । ’जति नोक्सानी र क्षति भएको छ, मैले मुख्यसचिवलाई भनिसकें । आफ्नै मुलुकका जनताबाट सहयोग मागेर किन नगर्ने ?’ कार्कीले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्