काठमाडौं, भदौ २९ । हामी नेपालका संस्थापक सुधन गुरुङले जेनजी आन्दोलनका सहिद परिवारसँगै आइतबार रिपोटर्स क्लबमा आयोजना गरेको पत्रकार सम्मेलन विवाद भएपछि भाँडिएको छ ।
पत्रकार सम्मेलनमा होहल्ला र कुटपिट भएको छ । गुरुङ बोल्दा अहिलेको प्रधानमन्त्रीले पनि राजीनामा दिनु पर्ने भनि भनेको तथा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको मुद्दा छोडेको भन्दै सहभागीले यत्रा मान्छेको बलिदान केका लागि प्रश्न गरेपछि गुरुङ चिच्याउँदै ८० वर्षमा नभएको परिवर्तन अहिले भएको छ भन्दै चिच्याएपछि माहौल बिग्रिएको थियो । त्यस पछि हो हल्लाका बिच कुटाकुट चलेको थियो ।
जेनजिको आन्दोलनमा सडकदेखि सैनिक मुख्यालयसम्म देखिएका लामो कपाल पालेका एक व्यक्तिले पत्रकारलाई हात हालेको भन्दै पार्टीको झोले भनेर आक्रमण गरिएको थियो । त्यस पछि पत्रकार सम्मेलन स्थलदेखि सडकसम्म कुटाकुट चलेको थियो ।
जेनजीको आन्दोलनमा उनी सुरुवातदेखि नै सहभागी देखिन्थे । आन्दोलनका भिडियो फुटेजहरूमा उनलाई देखिन्छ । उनले हातमा ब्याण्डेज समेत लगाएका छन् ।
गुरुङले बोल्ने क्रममा माहौल बिग्रिएपछि उहाँलाई भनाइ छोट्याउन सुझाव दिइएको थियो । त्यस्तै आन्दोलनमा मिडियाको ठुलो भूमिका छ भन्न रिपाेर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाले सिकाउँदै हुनुन्थ्यो । तर पनि स्थिति साम्य भएन ।













प्रतिक्रिया दिनुहोस्