काठमाडौं, असोज २ । सर्वदलीय नागरिक समाजले संसदभन्दा बाहिरबाट बनाइएको अनिर्वाचित सरकार जनताप्रति उत्तरदायी नहुने तथ्य औल्याउँदै राष्ट्रपति गुहारेको छ ।
सर्वदलीय नागरिक समाजको तर्फबाट बुधवार राष्ट्रपति रामचन्द्र पौडेललाई भेट गरी ज्ञापनपत्रसहित सरकार निरंकुश र आग्रही पूर्वाग्रही बन्ने भन्दै त्यसो हुन नदिन आग्रह गरेका हुन ।
ज्ञापनपत्र बुझाउँदै समाजले भनेको छ, ‘सम्माननीय राष्ट्रपतिज्यू, तपाईको सरकार दलहरूसँग प्रतिशोध साँध्नेतर्फ नलागोस् ।’
राष्ट्रपति पौडेलले संबिधान आफ्नो हातमा लिएर राष्ट्रपतिको काम, कर्तब्य र अधिकारको प्रयोग गरी धारा ६१ अनुसार शुशिला कार्की नेतृत्वको सरकार गठन गर्नुभएको थियो । सोही कारण सर्वदलीय नागरिक समाज राष्ट्रपतिको सरकार बदलाभाव नराखोस भन्दै शीतलनिवास पुगेका हुन ।
ज्ञापनपत्रमा जेनजीको आन्दोलनमा भएको जनधनको क्षती अकल्पनीय रहेको भन्दै सुरक्षा निकायको भूमिकामाथि गम्भीर प्रश्न उठेको र आफूहरु पनि निकै गम्भीर बनेको उल्लेख छ ।














प्रतिक्रिया दिनुहोस्