जनता टाइम्स

३ आश्विन २०८२, शुक्रबार ००:००

ईश्वर पोखरेलको ठोकुवा : जेन-जी आन्दोलनमा भएको तोडफोड र आगजनी आपराधिक र षड्यन्त्रपूर्ण काम हो


काठमाडौँ, असोज २ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनी षड्यन्त्रपूर्ण रहेको ठोकुवा गर्नुभएको छ ।

बिहीवार च्यासलस्थित क्षतिग्रस्त पार्टी कार्यालयको अवलोकनपश्चात सञ्चारकर्मीसँग कुरा गर्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो निष्कर्ष सुनाउनु भएको हो । यो कायरतापूर्ण र सुनियोजित आक्रमण हो । जेन-जी आन्दोलनमा भएको तोडफोड र आगजनी आपराधिक र षड्यन्त्रपूर्ण काम हो भन्नेमा कोही भ्रममा रहनु हुन्न,’ पोखरेलले भन्नुभयो ।

एमालेले विधान महाधिवेशनमार्फत जेन–जी पुस्ताका मागहरु सम्बोधन गर्नेगरी वक्तव्य सार्वजनिक गरेको भए पनि योजनावद्ध ढंगले राज्यका महत्वपूर्ण निकाय र राजनीतिक दलका कार्यालयहरूमाथि आगजनी गरिएको उहाँको भनाइ छ।

पोखरेलले राज्य संरचना र पार्टी कार्यालयमा तोडफोड र आगजनी गर्नुमा बहुदलीय लोकतान्त्रिक प्रणालीलाई अस्वीकार गर्ने तत्वहरू तथा व्यवस्था विरोधीको हात रहेको दावी पनि गर्नुभयो ।

oplus_0