जनता टाइम्स

५ आश्विन २०८२, आईतवार १३:४०

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरण


काठमाडौं, असाेज ५ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरण गर्नुभएको छ । संघीय संसदको दुवै सदनबाट पारित भई राष्ट्रपति समक्ष पठाइएको सो विधेयकलाई उहाँले संविधानको धारा ११३ बमोजिम आज प्रमाणिकरण गर्नुभएको हो ।

यससँगै विधेयक अब ऐनका रुपमा कार्यान्वयनमा आउने भएको छ । यस विधेयकले विशेषगरी नेपालभित्र जन्मिएर नागरिकता नपाएका व्यक्तिहरूलाई सुविधा दिने, विवाहमार्फत नागरिकता प्राप्त गर्ने प्रक्रिया स्पष्ट पार्ने र विद्यमान कानूनी अल्झन अन्त्य गर्ने प्रावधानहरू समेटेको छ ।