यस्तै बालेनले आफ्नो बिरोध गर्नेहरुलाई ‘म उस्को लाइफ ड्यामेज पार्छु नि’ भन्दै म्यासेजमा कुराकानी गरेका छन । ‘जुन तरिकाले मान्छेले बालेनलाई हेरेको छ । त्यो मान्छेको रुप अर्कै छ है । बदमासको बादशाह हो, कोही भ्रम नपर्नाेस,’ राहुलले भनेका छन ।
काठमाडौं, असोज ७ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई देशको लागि सर्प भएको भन्दै सहयोगीले नै भण्डाफोर गरिदिएका छन ।
राहुल नाम गरेका एक युवाले आफूसँग म्यासेञ्जरमा बालेनले गरेको कुराकानीको प्रमाणसहित कसैको लाइफ नै बर्वाद पारिदिनेसम्मको योजना सार्वजनिक गरेका छन ।
बालेनसँग निकै घनिष्ट देखिने तस्विरसहित बालेनको बारेमा राहुलले भिडियोमै भनेका छन, ‘बालने सर्पजस्तो मान्छे हो, यस्ले देश बेच्न पनि पछि पर्दैन । यम दाईले नै भन्थ्यो, ‘बालेन इज स्नेक ।’ राहुलले बालेन दाई भन्दै सम्बोधन गरी तपाई जस्तो फेक र बदमास मान्छे कोही छैन भन्दै अपिलसमेत गरेका छन ।

यस्तै बालेनले आफ्नो बिरोध गर्नेहरुलाई ‘म उस्को लाइफ ड्यामेज पार्छु नि’ भन्दै म्यासेजमा कुराकानी गरेका छन । ‘जुन तरिकाले मान्छेले बालेनलाई हेरेको छ । त्यो मान्छेको रुप अर्कै छ है । बदमासको बादशाह हो, कोही भ्रम नपर्नाेस,’ राहुलले भनेका छन ।
पछिल्लो समय बालेनले जेनजी आन्दोलनमा देश नै बर्वाद पार्न लगाएको तथ्य खुलेपछि आफू बालेनको बारेमा बोल्न बाध्य भएको पनि उनले बताएका छन । जेन्जी आन्दोलनमा भएको वैदेशिक चलखेल र अपराधिक गतिविधिमा बालेन शाहकै संलग्नता रहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्