जनता टाइम्स

१६ आश्विन २०८२, बिहीबार १५:४२

वर्तमान समस्याकाे समाधान स‌ंवैधानीक बाटाेबाट नै खाेज्नु पर्छ : हिक्मतकुमार कार्की


विराटनगर, असाेज १६ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वर्तमान समस्याकाे समाधान स‌ंवैधानीक बाटाेबाट नै खाेज्नु पर्ने बताउनुभएकाे छ ।

बडादसैं २०८२ को अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले राजनीतिक जटिलताले चुनौतीपूर्ण बनेको वर्तमान परिदृश्यलाई संवैधानीक बाटाेबाट ठीक ठाउँमा ल्याउनु पर्ने उल्लेख गर्नु भएकाे छ ।  मुख्यमन्त्री कार्कीले संवैधानिक मार्गबाट समस्या समाधान गर्न सबै दल, नागरिक र पक्षलाई प्रेरित गर्न दशैँले प्रेरणा दिन विश्वास व्यक्त गर्नु भएकाे छ। सहमति, सहकार्य र आपसी विश्वासमार्फत मात्र राष्ट्रिय एकता, लोकतन्त्र र गणतान्त्रिक मूल्यहरूलाई सुदृढ बनाउन सकिने उहाँकाे धारणा छ ।

“हाम्रो संस्कृति, हाम्रो गौरव” भन्ने धारणा राख्दै उहाँले दशैँले बहुजातीय, बहुभाषिक र बहुसाँस्कृतिक विशेषतामा आधारित नेपाली समाजलाई अझ सशक्त बनाउन योगदान गर्ने विश्वास व्यक्त गर्नु भएकाे छ। मुख्यमन्त्री कार्कीले विजयादशमीलाई असत्यमाथि सत्य, अन्यायमाथि न्याय र असमानतामाथि समानताको विजयको प्रतीक भन्दै यसले नेपालीहरूमा नयाँ उत्साह जगाउने  विश्वास व्यक्त गर्नु भएकाे छ । “दशैँ पर्वले नेपालीबीच एकता, भाइचारा र आपसी सद्भावलाई अझ प्रगाढ बनाउने विश्वास लिएको छु, यही प्रेरणाले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा आकांक्षा पूरा गर्ने हिम्मत, विश्वास र ऊर्जा प्रदान गर्ने अपेक्षा गरेको छु”, उहाँले सन्देशमा लेख्नु भएकाे छ ।