जनता टाइम्स

६ मंसिर २०७६, शुक्रबार १५:०१

दाजुबाटै भइन बहिनी बलात्कृत


रौतहट, मंसिर ६ । रौतहटको फतुवा बिजयपुर नगरपालिकामा १३ बर्षीया एक बालिका बलात्कृत भएकी छन् । फतुवा विजयपुर नगरपालिका १ का एक युवाले आफ्नै काकाको छोरीलाई बलात्कार गरेका हुन् ।

बिहीबार साँझ उनले घर नजिकैको उखुबारीमा बहिनीलाई बलात्कार गरेका थिए । बहिनीलाई बलात्कार गरेको स्थानीयले देखेपछि उनी भागेका थिए । पीडित बालिकाको परिवारले प्रहरीमा दिएको जाहेरीको आधारमा युवकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पीडित किशोरीको चन्द्रनिगाहपुरस्थित सरकारी अस्पतालमा स्वास्थ्य परिक्षण गराइएको ईलाका प्रहरी कार्यालय सन्तपुर दोस्तीयाका प्रहरी निरीक्षक चन्द्रकिशोर साहले बताउनु भयो ।