जनता टाइम्स

२४ आश्विन २०८२, शुक्रबार ०९:०९

कांग्रेसको पूर्वपदाधिकारी र पदाधिकारी बैठक आज पनि बस्दै


काठमाडौं, असोज २४ । नेपाली कांग्रेसको पूर्व पदाधिकारी र पदाधिकारी बैठक आज पनि बस्दैछ ।

उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा हिजोदेखि पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा सहभागीहरूले धारणा राख्ने क्रम नसकिएकाले आज पनि बस्न लागेको हो ।

बैठकमा सहभागीहरूले जेनजी युवा आन्दोलनपछिको राजनीतिक परिस्थिति, पार्टीका आगामी योजना र पछिल्ला घटनाक्रमकमा केन्द्रित भएर धारणा राखेका छन् ।

त्यस्तै, आगामी २६ गते बस्ने केन्द्रीय कार्यसमितिको पूर्ण बैठकबारे पनि छलफल गरिनेछ ।