जनता टाइम्स

२७ आश्विन २०८२, सोमबार १२:१९

प्रचण्डको सचिवालयले दियो पूर्वएआइजी देवेन्द्र सुवेदीविरुद्ध साइबर अपराधमा जाहेरी


काठमाडौं, असोज २८ । नेकपा माओवादी केन्द्रका संयोजक प्रचण्डको सचिवालयले नेपाल प्रहरीका पूर्वएइआइजी देवेन्द्र सुवेदीविरुद्ध साइबर अपराधमा उजुरी दर्ता गराएको छ ।

सुवेदीले प्रचण्डको निवासबाट जेनजी आन्दोलनको २ दिनअघि २ करोड रुपैयाँ २ ट्रकमा निकालिएको दाबी गर्नुभएको थियो । प्रचण्डको सचिवालयका संयोजक गोविन्द आचार्यले प्रचण्डको चरित्रहत्या र भ्रम फैलाइएको भन्दै साइबर ब्युरोमा बुझाइएको हो । जाहेरी आइतबार नै बुझाइएको छ ।

उजुरीमा डिजिटल माध्यममार्फत गरिएका यस्ता गलत प्रचारप्रसार साइबर कानुनविपरीत भएकाले त्यसबारे आवश्यक अनुसन्धान गरी कानुनी कारबाहीको माग गरिएको छ । यसअघि सचिवालयले वक्तव्य जारी गर्दै सुवेदीलाई २ करोडको प्रमाण पेश गर्न चुनौती दिएको थियो । उजुरीकर्ता आचार्य नेपाल पत्रकार महासंघका पूर्वसभापति हुनुहुन्छ ।