जनता टाइम्स

२९ आश्विन २०८२, बुधबार १२:५०

एमाले सधैँका लागि सरकारबाट हट्‌यो भन्ने भ्रम नपाले हुन्छः अध्यक्ष ओली


काठमाडौं, असोज २९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सधैंका लागि सरकारबाट हट्‌यो भन्ने भ्रम नपाल्न चेतावनी दिनुभएको छ।

उहाँले एमालेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै एमाले कमजोर नभएको बताउनुभयो । ‘कसैले अब सधैँका लागि एमाले सरकारबाट हट्यो भने ठानेको होला । यो भ्रम नपाले हुन्छ,’ ओलीले भन्नुभयो ।

एमाले, राजनीतिक, आर्थिक विकासको नायकत्व दिइरहेको पार्टी भएकाे उहाँले बताउनुभयाे। उहाँले एमाले सरकारमा हुँदा र नहुँदा के हुँदो रहेछ भन्ने अहिले विश्व बैँकको प्रतिवेदनले देखाएको दाबी गर्नुभयो ।