जनता टाइम्स

२९ आश्विन २०८२, बुधबार १९:३३

मधेस प्रदेशको चौथो मुख्यमन्त्रीका रूपमा लोसपाका जितेन्द्र सोनाल नियुक्त


काठमाडौँ, असोज २९ । मधेस प्रदेशको चौथो मुख्यमन्त्रीका रूपमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का प्रदेश सांसद जितेन्द्र सोनाल नियुक्त हुनुभएको छ ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ (२) बमोजिम बुधबार उहाँलाई मुख्यमन्त्रीको रूपमा औपचारिक रूपमा नियुक्त गर्नुभएको हो । उहाँले प्रदेश प्रमुखको कार्यालयबाट आफ्नो नियुक्तिपत्र ग्रहण गर्नुभएको छ ।

मुख्यमन्त्री सोनालले अब प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नुपर्नेछ । यसअघि सराेज यादव, लालबाबु राउत र हरिनारायण यादव क्रमशः मधेस प्रदेशका मुख्यमन्त्री रहनु भएको थियो । सोनालको नेतृत्वमा लोसपाको अगुवाइमा नयाँ गठबन्धन सरकारले काम सुरु गर्ने तयारी भइरहेको छ ।

मधेसको सत्ताबाट अब एमाले र कांग्रेस प्रतिपक्षमा पुगेका छन् ।