जनता टाइम्स

१२ कार्तिक २०८२, बुधबार २०:४७

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४ पिपल भञ्ज्याङमा विद्युतीय गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु


तानसेन (पाल्पा), कात्तिक १२ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४ पिपल भञ्ज्याङमा विद्युतीय गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

अमलावासबाट मेहलढापतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ज ००९१ नम्बरको विद्युतीय गाडी आज दिउँसो दुर्घटना हुँदा चालकसहित तीन जनाको ज्यान गएको हो ।

दुर्घटनामा मृत्यु हुनेहरूमा छहरा अमलावासका ३४ वर्षीय चालक कमल रायमाझी, रैनादेवी छहरा–१ सिद्धेश्वरका ३७ वर्षीय मुक्तबहादुर बुढाथोकी र छहरा–४ मेहलढापका ४१ वर्षीय रामबहादुर गाहा हुनुहुन्छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी कमल प्रधानका अनुसार गाडी सडकबाट तल खोल्सामा खसेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका तीनै जनालाई तत्काल उद्धार गरी जिल्ला अस्पताल पाल्पा लगिएकोमा चिकित्सकहरूले मृत घोषणा गर्नुभएको हो ।

गाडीमा अन्य यात्रु नरहेको र दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।