जनता टाइम्स

१५ कार्तिक २०८२, शनिबार ११:४७

फुटेपछि एकताको आवश्यकता याद गर्नु वाहियात : गोकुल बास्काटा 


काठमाडौं, कात्तिक १५ । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले वामपन्थी राजनीतिमा बारम्बार हुने फुट र त्यसपछि मात्र उठ्ने एकताको बहसप्रति असन्तुष्टि जनाउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत उहाँले वाम आन्दोलनभित्रको स्वार्थ, अविश्वास र असहिष्णुताका कारणले नेतृत्वहरू बारम्बार एउटै चक्रमा फस्ने टिप्पणी गर्नुभएको हो ।

बास्कोटाले लेख्नुभएको छ, ‘फुटेपछि एकताको आवश्यकता याद गर्नु वाहियात हो तर नेपालका वामपन्थी त्यही प्रवृत्तिबाट अभिशप्त छन्, मिसिने तर नमिल्ने-हिन्द र प्रशान्त महासागर जस्ता ।’

उहाँले वामपन्थी नेतृत्वभित्रको गहिरो विभाजन र प्रतिस्पर्धी अहङ्कारलाई समस्याको मूल कारणका रूपमा औँल्याउँदै थप लेख्नुभएको छ, ‘कारण-गहिराइको चाप र नेतृत्वको राप, फुटभन्दा जुट राम्रो, तर ढोक्सामा परेको माछी नहुनु,अर्कोले तारेर खाए वा सुरुवा बनाएर पिए पनि हुने ।’

उहाँको टिप्पणीले वाम नेताहरूबिचको अविश्वास, व्यक्तिगत स्वार्थ र आपसी शक्ति सङ्घर्षको मानसिकता अझै अन्त्य हुन नसकेको सङ्केत गरेको छ । बास्कोटाको भनाइमा वाम आन्दोलनको शक्ति एकतामा नभई, फुट र प्रतिस्पर्धामै खर्चिनु दुःखद विडम्बना हो ।

उहाँको यो अभिव्यक्ति पछिल्ला केही दिनयता वामपन्थी पुनर्गठनबारे सुरु भएको छलफलसँग जोडिएको देखिन्छ । सामाजिक