जनता टाइम्स

१५ कार्तिक २०८२, शनिबार २२:४७

केपी ओलीको घर फर्क आह्वानले माधव समुह बन्यो मर्माहत, देखियो ठूलै त्रास


काठमाडौं, कात्तिक १५ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल समुहले एमाले नेतृत्वबिरुद्ध आक्रोश पोखेको छ ।

माओवादीसँग बिलय हुने निर्णय माधव समुहले गरेसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीसँग नेकपा एसलगायतको एकता भाँड्न घरफर्क अभियान सुरु गरेको भन्दै आक्रोश पोखेको हो ।

दुई दिनसम्म चलेको केन्द्रीय कमिटीको बैठकको धारणा सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले ओलीको उदघोष एकता भाँडने गम्भीर षडयन्त्र भएको बताउनु भयो ।

‘हाम्रो यस ऐतिहासिक निर्णयबाट अत्तालिएर केपी ओलीले घरफर्क भन्ने भ्रमजाल फ्याकेका हुन् । हाम्रो बीचको एकता प्रक्रियालाई भाँड्ने यो दुष्प्रयास मात्रै हो’ विज्ञप्तिमा भनिएको छ, ‘यसबाट कोही पनि भ्रमित नहुनु र सिङ्गो पार्टी पङ्तिलाई केन्द्रीय कमिटीको निर्णयको पक्षमा दृढतापूर्वक उभिन हार्दिक आह्वान गर्दछ ।’

माधव नेपालसहितका बहुमतले माओवादीसँग एकता गर्ने निर्णय लिएपछि सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल समुहले नजाने घोषणा गरी छुट्टै अभियान अघि बढाएको छ ।