जनता टाइम्स

१६ कार्तिक २०८२, आईतवार १५:२१

भागेका भनिएका निकोलस भुसालले फेसबुकमा लेखे : ‘हाम्रा साथीहरुलाई पक्राउ गरिएको छ, म यहीँ बसेर हेरिरहेको छु’


काठमाडौं, कात्तिक १६ ।  भागेका भनिएका आफूलाई सामाजिक अभियन्ता भन्ने निकोलस भुसालले आफ्नो फेसबुक स्ट्याटसमा ‘हाम्रा साथीहरुलाई पक्राऊ गरीसकेको छ, अन्यलाई पनि पक्राऊ गरीरहेको छ, म यहीँ बसेर हेरीरहेको छु’ भनी फेसबुकमा लेखेका छन् ।

भुसालले हिजो नशाको सुरमा नेकपा (एमाले) का नेता अध्यक्ष पूर्वप्रधानमन्त्री केपी ओली र  कांग्रेस नेता पूर्वगृह मन्त्री रमेश लेखकको निवास घेर्ने भन्दै माइतीघर मण्डलामा भेला हुन आह्वान गरेका थिए । सो आह्वानपछि एमाले नेता महेश बस्नेतले उनलाई प्रहरीले पक्राउ नगरे राष्ट्रिय युवा संघले ‘‘घिसार्ने’’ चेतावनी दिनुभएकाे थियाे ।

प्रहरी स्रोतले भुसाललाई बिहानदेखि खोजी गर्दै आएको तर अहिलेसम्म भेटिई नसकेको बताएको छ। प्रहरीले जनाएको अनुसार भुसालले बिहानै कोठामा ताला लगाएर बाहिर निस्केको र मोबाइलसमेत स्विच अफ भएको थियो।

भुसालले केही समयअघिको स्ट्याटसमा लेखेका छन् — ‘अहिले हाम्रो ५० भन्दा बढी साथीहरुलाई पक्राऊ गरीसकेको छ भने अन्यलाई पनि पक्राऊ गरीरहेको छ… हत्यारालाई पक्राऊ गर्न सरकारले सहयोग गर्ला भनेको उल्टै हामीलाई फसाउने प्रपञ्च चलेको छ, जहाँ भेटे पनि समात्ने रे।’