जनता टाइम्स

१७ कार्तिक २०८२, सोमबार १०:३९

एमाले महासचिव शंकर पोखरेलसँग प्रेस चौतारी नेपालले आज संवाद गर्दै


काठमाडौं, कात्तिक १७। नेकपा (एमाले)का महासचिव शंकर पोखरेल सोमबार सञ्चारकर्मीहरूसँग प्रत्यक्ष संवादमा सहभागी हुनुहुने भएको छ।

प्रेस चौतारी नेपालले ‘नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन तथा समसामयिक राष्ट्रिय राजनीति’ विषयमा पोखरेलसँग संवाद कार्यक्रम आयोजना गरेको हो। कार्यक्रम आगामी आज दिउँसो १ बजे प्रेस चौतारी नेपालको केन्द्रीय कार्यालय, पुतलीसडकस्थित न्यू प्लाजामा हुने प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले  जानकारी दिनुभयाे ।

चौतारीका अनुसार उक्त कार्यक्रममा महासचिव पोखरेलले आसन्न महाधिवेशनका तयारी, पार्टीभित्रको नीतिगत बहस, र समसामयिक राष्ट्रिय राजनीतिक अवस्थाबारे विस्तृत विचार राख्ने कार्यक्रम छ ।

कार्यक्रममा राजधानीका प्रमुख सम्पादक, पत्रकार, र विभिन्न सञ्चार संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहने चौतारीले जनाएको छ।

प्रेस चौतारी नेपालले पछिल्ला राजनीतिक घटनाक्रममा दलका शीर्ष नेताहरूसँग प्रत्यक्ष संवादमार्फत पत्रकारहरू मार्फत सुसूचित  गर्न यस्ता कार्यक्रमहरू निरन्तर गर्दै आएको छ।