गार्डेन राई/सोलुखुम्बु । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले एमालेले राष्ट्रिय स्वाधीनताको पक्षमा अडान लिएका कारण जेनजीका नाममा कम्युनिस्ट पार्टीलाई ध्वस्त पार्न वितण्डा मच्चाइएको ठोकुवा गर्नुभएको छ ।
एमाले जिल्ला कमिटी सोलुखुम्बुले आयोजना गरेको नवौँ पूर्ण बैठक तथा वृहत् अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रको स्वाधीनता र हितमा बोल्ने नेकपा एमाले मात्र रहेको तथ्य पनि सविस्तार राख्नुभयो ।
‘नेकपा एमालेले राष्ट्रिय स्वाधीनताको पक्षमा अडान लिएका कारण जेनजीका नाममा कम्युनिस्ट पार्टीलाई ध्वस्त पार्न वितण्डा मच्चाइएको होभन।नर्स अव कोही भ्रममा पर्नुहुन्न,’ गुरुङले भन्नुभयो, ‘एमाले कार्यकर्ता पनि कतैकतै बहकिएको देखिन्छ । त्यसरी बहकिने होइन, सत्यलाई आत्मसाथ गर्ने हो ।’
उहाँले मुलुकको अहिलेको संकटलाई हटाउन सबैको जिम्मेवारी रहेको बताउँदै आचरण र व्यवहारमा सुधार गर्न सुझाव दिनुभयो ।
निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहनुभएका एमाले उपमहासचिव गुरुङले लोकतन्त्र जोगाउने पार्टी एमाले रहेको र राष्ट्रिय हितको लागि अडान लिन सक्ने नेता केपी शर्मा ओली मात्र रहेको ठोकुवा गर्नुभयो ।
उपमहासचिव गुरुङले संसद् पुनर्स्थापनाका लागि सडकबाट दबाब दिनुपर्ने बताउँदै सरकारले निर्वाचन गर्न नसक्ने प्रष्ट पार्नुभयो ।













प्रतिक्रिया दिनुहोस्